काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)ले जलसरोकार डटकमका प्रधानसम्पादक विकास थापालाई सम्मान गरेको छ । इपानले २४औं वार्षिकोत्सवको अवसरमा वरिष्ठ ऊर्जा तथा जलस्रोत पत्रकार थापालाई सम्मान गरेको हो ।
बिहीबार काठमाडौँमा आयोजित वार्षिकोत्सव समारोहमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले थापालाई सम्मान गरेका हुन् । थापाले झण्डै तीन दशक लामो पत्रकारीतामार्फत ऊर्जा तथा जलस्रोत क्षेत्रमा गरेको महत्वपूर्ण योगदानको कदर स्वरुप इपानले सम्मान गरेको हो ।