एजेन्सी। चीनले २०२४ मा तिब्बत (सिजाङ स्वशासित क्षेत्र) मा १० वटा विमानस्थल निर्माण गर्ने भएको छ। सो क्षेत्रको सरकार प्रमुख यान चिनहाइले एक रिपोर्ट पेस गर्दै यस्तो जानकारी दिएका हुन्।
यस क्रममा तिब्बतमा निर्माणाधीन विमानस्थलको निर्माण पूरा गर्ने र बाँकी विमानस्थलको निर्माण कार्य सुरु गरिने छ।
चीनले यो वर्ष तिब्बतको विकासमा ११.२६ अर्ब डलर खर्च गर्ने भएको छ। यो सम्पूर्ण खर्च तिब्बतको पूर्वाधार क्षेत्र, रेलमार्ग, सडक, विमानस्थल, आदि निर्माणमा गरिने बताइएको छ।
चीनले तिब्बतको पूर्वाधार विकासलाई आन्तरिक विकास र बाह्य सुरक्षा दुवैको हिसाबले महत्वपूर्ण मानेको छ।
पूर्वाधारमा ठूलो लगानी गरेकैले गएका कयौँ देशदेखि यो क्षेत्रको जीडीपी वृद्धि भइरहेको छ। गत वर्ष यसको जीडीपी ३२.३८ अर्ब डलर थियो। २०२४ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हुने यानले बताए।