संखुवासभा। संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रुखले किचेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा खाँदबारी–९ तुम्लिङटार ६२ वर्षीया दिलकुमारी घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घर नजिकैको जङ्गलमा दाउरा काट्न गएकी घिमिरेको दाउरा काट्न लाग्दा रुखले किचेर घटना स्थलमै मृत्यु भएको प्रहरीले बताए।
शनिबार बिहान ७ बजे घरबाट निस्किएकी घिमिरेलाई अरुण तेस्रोमा कार्यरत मजदुरले मृत अवस्थामा फेला पारेर स्थानीयलाई खबर गरेका थिए।