रुपन्देही। चिसो अत्याधिक बढेपछि सिद्धार्थनगर नगरपालिकाका विधालयहरु बन्द गरिने भएको छ ।
बढ्दो शीतलहर प्रकोपको कारण अत्याधिक चिसोले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने सक्ने विषयलाई मध्यनजर गर्दै ६ दिनका लागि विद्यालयमा विदा गरिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ।
वर्षे विदाबाट कट्टा हुने गरी पालिकाभित्रका सबै विद्यालयमा माघ ७ गते देखि माघ १२ गतेसम्म बन्द रहने छ ।
साथै, विदा अवधीको बीचमा मौसम सुधार भएको अवस्थामा विद्यालय संचालनमा पुर्नविचार गरी सूचना जारी गरिने बताइएको छ।