फाइल तस्बिर
दोलखा। दोलखाको भीमेश्वर नगरपालिका–४ मा बेरोजगार युवायुवतीका लागि सवारी चालक तालिम सञ्चालन गरिएको छ । वडाध्यक्ष तारानाथ चौलागाईंको अगुवाईमा यहाँका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सवारी चालक तालिम सञ्चालन गरिएको हो ।
तालिमपश्चात् केही व्यक्तिले सरकारले तोकेको मापदण्ड पूरा गरी चालक अनुमतिपत्र निकाल्न सफल समेत भएका छन्। यो अभियानमार्फत वडाका युवालाई रोजगारतर्फ लैजान सुरु गरिएको अभियान प्रभावकारी भएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताए । चालु आर्थिक वर्षमा २० जनालाई रोजगारका लागि तालिम दिँदा १० जना सफल भएर ड्राईभर बन्न लागेकाले तालिम उपलब्धिमुलक भएको बताइएको छ।
भीमेश्वर–४ का वडाध्यक्ष चौलागाईंले वडाको बजेटबाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत तीनपाङ्ग्रे, चार पाङ्ग्रे बोलेरो, ट्याक्सी, अटो ट्याम्पु चलाउन सक्ने गरी तालिम दिइएको बताउँदै यसबाट स्वदेशमै रोजगारीका अवसर सृजना भएको जानकारी दिए ।