स्याङ्जा। वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पुर् याइएको हो ।
बोधिभञ्ज्याङ मूल संरक्षण तथा खानेपानी आयोजनाअन्तर्गत आँधीखोलाको किनारमा रहेको मुलबाट पानी तानेर गाउँमा वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाले जनाएको छ।
आव २०७६र७७ देखि सुरु भएको उक्त योजना हालैमात्र सम्पन्न भई सञ्चालनमा आएको हो। दुई करोड १५ लाख ५६ हजार रुपैयाँ लागत अनुमान रहेको उक्त योजना गण्डकी प्रदेश सरकार र स्थानीयको जनश्रमदान गरी एक करोड ३७ लाख २५ हजार रुपैयाँमा सम्पन्न भएको हो ।