डोटी। डोटीको आदर्श गाउँपालिकामा माटो शिविर सञ्चालन गरिएको छ। गाउँपालिकाले कृषिबाली सुधार्न वडा वडामा माटो परीक्षण गर्न थालेको हो।
माटोको अवस्था बुझेर माटो सुधारका उपायहरू अपनाउन र उत्पादन बढाउन सहजताहोस् भन्ने उद्देश्यले माटो परीक्षण शिविर सञ्चालन गरेको पालिकाले जनाएको छ।
माटो परीक्षणको नतिजाअनुसारका कृषिको पकेट क्षेत्र तय गरी बजेट व्यवस्था गर्ने समेत पालिकाको योजना छ।
गाउँपालिकाका विभिन्न वडामा माघ ७ र ८ गते सञ्चालन भएको शिविरबाट ३३३ वटा माटोको नमुना सङ्कलन गरिएको माटो तथा मलपरीक्षण प्रयोगशाला कञ्चनपुरले जनाएको छ।