काठमाडौं। सिन्धुलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
कमलामाई नगरपालिका–९, कोरुङगे खोलामास्थित राजमार्गमा प्रदेश २–०४–००१ त ००१० नम्बरको ट्याक्टर र बा ५८ प ९१४१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रौतहट गुजारा नगरपालिका–२ का ६३ वर्षिय रने तामाङको मृत्यु भएको हो।
गम्भीर घाइते तामाङलाई जिल्ला अस्पताल सिन्धुली लगिएकोमा गएराति चिकिसत्कले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरीले जनाएको छ।
मोटरसाइकल पछाडी सवार मकवानपुरका विष्णुबहादुर थिङ घाइते भएका छन्। ट्याक्टर चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।