काठमाडौं। पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा जिप चालक चालक कृष्णबहादुर थापा रहेका छन्। उनको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते २ जनाको सोही अस्पतालमा उपचार भैरहेको छ । जिपमा सवार ७० वर्षकी चन्द्रकला थापा र ६९ वर्षकी हिमकला थापा उपचाररत छन् ।