स्याङ्जा। पुतलीबजार नगरपालिका –८ काहुलेमा करेन्ट लागेर आइतबार एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरीले करेन्ट लागेर स्थानीय ५० वर्षीया चन्द्रकुमारी सुनारको मृत्यु भएको बताए। घाँस बोकेर घर फर्कने क्रममा घाँसले बिजुलीको पोलमा छुन गई उनलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।