काठमाडौं। लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली) ले पश्चिम दाङका विभिन्न योजनाको अवलोकन गरेकी छिन्। पश्चिम दाङको शान्तिनगर, दङ्गीशरण, बबई र तुलसीपुरका विभिन्न स्थानमा विकास निर्माणको अवस्था के कस्तो छ भनि जानकरी लिएकी हुन्।
शान्तिनगर गाउँपालिका–५ मा प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सभाहलको अवलोकन गरेकी छन्। उक्त सभाहल निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ। त्यस्तै दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा रहेको १५ शय्याको अस्पतालको पनि अवलोकन गरेकी हुन्। सोही अस्पताललाई प्रदेश सरकार मातहतबाट लैजाने प्रतिबद्धता समेत गरेकी छिन्।
त्यस्तै दङ्गीशरण गाउँपालिका–५ स्थित स्वास्थ्यचौकी र वडा नं ७ को आधारभूत स्वास्थ्य केन्द्र , शान्तिनगर गाउँपालिका–२ मा निर्माणाधीन १५ शय्याको अस्पताल , बबई गाउँपालिका–२ स्थित ठूलाचौर–घुरिन्डाँडा जोड्ने पुल निर्माणस्थल, बबई–३ हंसपुरमा निर्माण हुन लागेको १५ शय्याको अस्पताल र सोही वडाको हंसपुर माविको पनि उनले अलवोकन गरेकी थिइन्।