कैलाली। नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नतिर्ने ७ सरकारी कार्यालयसहित २५३ ग्राहकको लाइन काटेको छ । प्राधिकरणको धनगढी वितरण केन्द्रले पटकपटक ताकेता गर्दासमेत महसुल तिर्न अटेर गर्ने यी ग्राहकको लाइन काटेको हो ।
महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत लाइन काटी बाँकी बक्यौता असुल्न सुरु गरेको वितरण केन्द्रले जनाएको छ । लाइन काटिने सरकारी कार्यालयमा मालपोत, नापी, भूमिसुधार, सडकलगायत छन् । यी कार्यालयले ६ लाख २ हजार ६ सय ७ रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रको तथ्याङ्कले देखाएको छ ।
वितरण केन्द्रका अनुसार धनगढी र अत्तरियाका ग्राहकले १ करोड ५३ लाख ४९ हजार ३६५ रुपैयाँ विद्युत बक्यौता तिर्न बाँकी छ ।