सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको दुर्गम पाँचपोखरी थाङपाल गाउँपालिका–२ स्थित यांग्री र लार्के नदीको तटभेगमा रहेको यांग्री गाउँमा एक घर एक धारा निर्माण गरिएको छ। इटालियन संस्था एसियाको सहयोगमा ३८ लाख बजेटमा एक विद्यालयसहित ४७ घरधुरीमा एक घररएक धारा बनाइएको हो।
माथिल्लो भीरपहरामा रहेको मुहानबाट पानी ल्याइ १८ हजार घनमिटर क्षमताको ट्यांकीमा पानी जम्मा गरेर प्रत्येक घरका लागि पानी वितरण गरिएको छ। भाद्र महिनाबाट सुरु गरिएको योजनाले तीन सय जनसंख्या लाभान्वित भएको छन् ।
सोमबार धारा र खानेपानीको निरीक्षणमा पुगेका जनहित नेपाल र इटालियन संस्थालाई स्थानीयले सम्मान गरेका थिए । खानेपानी योजनाका अध्यसमेत रहेका स्थानीय बाबुराम स्याङ्बोले खानेपानीको सुरक्षा, सरसफाई र खानेपानीको पाइप मर्मतसम्भार गर्ने तरिकाबारे पनि सिकेको बताए । दुई खोलाको कटान र माथिल्लो भेगबाट पहिरोको सामाना गरिरहेका स्थानीय अहिले करेसाबारीमा तरकारी लगाउन जुटेका छन् ।
घर घरमा धारा आएपछि स्थानीयको जनजिवन सहज बनेको छ।