सङ्खुवासभा। सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहीबार उद्धार गरिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो । पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईको हेलिकोप्टरमा उद्धार गरिएको हो । दुवैजनालाई काठमाडौं लगिएको छ । सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकोप्टरमा निःशुल्क उद्धार गर्दै आएको छ ।
गर्भवती राईको गर्भमै शिशुको मृत्यु भएको थियो । अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि काठमाडौं ‘रेफर’ गरिएको जिल्ला अस्पतालले जनाएको छ।