झापा । झापा गाउँपालिकाले अनुदानमा स्यालो ट्युबेल तथा मोटर जडान गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत अनुदानमा सो सामग्री जडान गर्ने जनाएको हो ।
स्थानीय बासिन्दामा सिँचाइको पुहँच पुर्याउनका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको पालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत रही गाउँपालिकाले ५० प्रतिशत अनुदानमा सामग्री वितरण गर्न लागेको छ।
सामग्री खरिदको लागि गाउँपालिका र स्थानीय बासिन्दालाई आधा आधा रकम व्यहोर्नु पर्ने छ। सो कार्यक्रमको लागि कोशी प्रदेशबाट चालु आवमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको भएको छ।