डडेल्धुरा। डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ।
जिल्लाको अमरगढी नगरपालिका– १ मालमकी ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
आज बिहान बेहोस भेटिएका उनीहरूलाई डडेल्धुरा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरिसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक दुबै सासू–बुहारी हुन्। कोठामा आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेको कारणले निस्सासिएर मृत्यु भएको प्रहरीको अनुमान छ।