मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिकामा उद्यमशीलता तथा वित्तीय साक्षरतासम्बन्धी तालिम दिन दिन थालिएको छ। गाउँपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषद, सानो ठिमीको समन्वयमा आइतबारदेखि तालिम दिन थालेको हो ।
पालिकाले युवा वर्ग तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी उक्त तालिम सञ्चालन गरेको हो । राष्ट्रिय युवा परिषद्को सहयोगमा एक हप्तासम्म सो कार्यक्रम सञ्चालन हुने पालिकाले जनाएको छ।
कार्यक्रममा सहभागी भएका व्यक्तिलाई व्यवसाय सञ्चालन गर्ने तरिका, आर्थिक व्यवस्थापन तथा सुरुवात गर्नेबारे सिकाइने बताइएको छ। उद्यमशीलता विज्ञहरुले कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण गरिने छ।