काठमाडौं। ट्राफिक चाप बढ्दै जाँदा इटहरीमा आधुनिक बसपार्क निर्माण सुरु भएको छ । इटहरीको पुरानो बसपार्क क्षेत्रमै नगर विकाश कोषसँगको साझेदारीमा बसपार्क निर्माण सुरु भएको हो ।
मंगलबार बसपार्कको शिलान्यास भएको हो । २०८२ असारसम्ममा निर्माण सम्पन्न हुने बसपार्क बन्दै गरेको हो।
बसपार्क निर्माणका लागि ९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का लगाइएको छ। इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क बनाउन लागेको हो ।
बसपार्क निर्माणमा नगर विकास कोष काठमाडौंको ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ । १८ महिनाभित्र बसपार्कको निर्माण पूरा हुनेछ ।