एजेन्सी। भारतमा मङ्गलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा ११ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य १७४ जना घाइते भएका छन् ।
भारतीय टेलिभिजनको फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको देखिएको छ। घाइतेलाई निकाल्नका लागि दर्जनौँ एम्बुलेन्स र सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो।
कारखानामा दुई सयदेखि तीन सय मानिस काम गर्थे तर विस्फोटको समयमा कारखानाभित्र कति मानिस थिए भन्ने थाहा भएको छैन । विस्फोट भएको परिसर वरपर कम्तीमा १० भवन विस्फोटको तीव्रताका कारण क्षतिग्रस्त भएका छन् ।
मृतकहरूमा आगलागीबाट बच्ने क्रममा हडबडाहटले भाग्दा कुल्चिएर मर्नेहरू पनि रहेको प्रहरीले जनाएको छ।