अछाम। अछामको बान्नीगढी जयगढ गाउँपालिकामा साना सिंचाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने भएको छ। साना सिंचाई प्रवद्र्धन कार्यक्रमका लागि गाउँपालिकाअन्तर्गतका हरेक वडाका लागि आगामी फागुन ४ गतेसम्म आवेदन माग गरिएको छ।
गाउँपालिकामा कृषि पेशामा आवद्ध किसानलाई सिंचाईको समस्या भएको कारणले साना सिंचाई प्रवद्र्धन कार्यक्रममार्फत् सहज गर्न लागेको पालिकाले जनाएको छ।
किसानलाई सिंचाईमा सहज गर्न पालिकाले ट्याङ्की वितरण गर्न लागेको छ। गाउँपालिकामा दर्ता भएका कृषक समुह, सहकारी, फर्म ५० प्रतिशत, १५ प्रतिशत अनुदानमा उपलब्ध गराउने बताइएको छ। कृषकलाई आवेदन दिएका आधारमा छनौट गरिने छ।