काठमाडौं। नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसर सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ। उक्त सहयोगले जानकी मन्दिरको सौन्दर्य बढ्नुका साथै पर्यटन प्रवद्र्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाइमा सहयोग पुग्ने विश्वास बैंकको विश्वास रहेको छ।
उक्त बैंकले जानकी मन्दिरमा क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण तथा जडान गरेको छ। यसबाट डिजिटल माध्यमबाट चन्दा संकलन गर्न सहज हुने भएको छ। यसैगरी डिजिटल डोनेसन स्थापनाले डिजिटल डोनेसन गर्न चाहने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहज हुने बैंकको विश्वास रहेको छ।
जानकी मन्दिरमा आयोजित कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले डस्टबिन, क्यूआर कोड, पीओएस मन्दिरका महन्थ रामरोशनदास वैष्णलाई हस्तान्तरण गरेका छन्।