डोटी। डोटीको बडीकेदार गाउँपालिकामा २ दिने माटो परीक्षण शिविर सञ्चालन गरिएको छ। गाउँपालिकामा सोमबार र मंगलबार ११९ ठाउँको माटो परीक्षण गरेको हो ।
गाउँपालिकामा २ दिने माटो परीक्षण शिविर सञ्चालनबाट ११९ ठाउँको माटो परीक्षण गरेको कृषि शाखाले जनाएको छ । शिविरबाट माटोको अवस्था बुझेर माटोमा सुधारको उपाय खोजेर उत्पादन बढाउन शिविर सञ्चालन गरिएको हो।
गाउपालिकाअन्तर्गतका कुन वडामा कुन खेती गर्न उपयुक्त हुन्छ सोहीअनुसार खेती गर्न किसानलाई सुझाब दिइएको छ ।
बडिकेदार गाउँपालिका, माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुर र कृषि ज्ञानकेन्द्र डोटीको संयुक्त समन्वय तथा आयोजनामा २ दिने माटो परीक्षण शिविर सञ्चालन गरिएको हो ।