काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ। महासचिव चढेको म १ च ३६९ नम्बरको गाडी शनिबार दिउँसो साढे तीन बजे दैलेखको डुंगेश्वरमा दुर्घटना भएको हाे।
चुप्रा बजार नजिकै गाडी सडक छेउमा पल्टिएको थियो। महासचिव पोखरेल सकुशल रहेको पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । एमाले महासचिव पोखरेल पार्टी दैलेख जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटनका लागि जाँदै थिए ।
गाडीमा पाँच जना सवार रहेको र दुर्घटनामा एमाले कर्णालीकी उपसचिव पद्मा खड्काको हात भाँच्चिएको केन्द्रीय सदस्य रिजालले जानकारी दिए।
दैलेखका प्रहरी प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले दुर्घटना महासचिव पोखरेल सकुशल रहेको र गाडी शनिबार नै सडकबाट उठाएर ग्यारेजमा बनाउन लगिएको जानकारी दिए।