जाजरकोट। बाटो तथा जग्गा मिचेर बनाइएका जिल्ला सदरमुकाम खलङ्गा भित्रका ५२ घर भत्काइने भएको छ। भेरी नगरपालिकाको आयोजनामा सम्पन्न सर्वपक्षीय बैठकले सडक विस्तारका लागि सार्वजनिक जग्गामा बनेका संरचना भत्काउने निर्णय गरेको हो।
भूकम्पले क्षतिग्रस्त भएको खलङ्गा बजारको नवनिर्माण गर्न भेरी नगरपालिकाले सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । उक्त बैठकमा नगरपालिकाका जनप्रतिनिधि, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
बैठकले सरकारी मापदण्ड पूरा गरेर घर निर्माण गर्नुको साथै सडक, मन्दिर, खानेपानी लगायतका सार्वजनिक संरचनाको नवनिर्माण गर्ने निर्णय भएको भेरी नगरपालिकाले जानकारी दिएको छ ।