काठमाडौं। मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सीमा पर्ने कोत्रेदेखि पोखराको पृथ्वीचोकस्थित सेती पुलसम्मको १९ किलामिटर सडकमध्ये अहिले लामेआहालबाट अस्पाल्टसम्मको खण्डमा कालोपत्र गर्न सुरु गरिएको हो ।
पोखरा–३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम सुरु गरिएको आयोजना कार्यालयले जनाएको छ। उक्त खण्डमा सुरुवाती चरणमा ७ सय मिटर सडक कालोपत्र गर्ने तयारी छ ।
अहिले बेस तयार भएको ठाउँमा कालोपत्र गर्न थालिएको छ । अरु ठाउँमा सडक सम्माउने काम भइरहेको छ । बेस तयार भएसँगै अन्य ठाउँमा पनि कालोपत्र गर्दै जाने आयोजनाले बताएको छ।