काठमाडौं । भोटेकोसी बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनाको सुरक्षा र विपद् व्यवस्थापनका लागि नयाँ अवधारणा अघि सारेको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार आयोजनाको निर्माण, सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ नीतिगत व्यवस्था कार्यान्वयनको तयारी गरिएको हो। मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार ६ बुँदे सुरक्षा अवधारणा तयार गरिएको छ।
अवधारणाअनुसार अब प्रत्येक आयोजनाले अनिवार्य रूपमा हल तथा संरचनात्मक बिमा गर्नुपर्नेछ। त्यस्तै, सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि ८८‘एक आयोजना, एक सुरक्षा अधिकारी’८८को व्यवस्था गरिनेछ।
आयोजनामा नियमित उद्धार तालिम सञ्चालन गर्नुका साथै सम्भावित दुर्घटना तथा प्राकृतिक विपद्का लागि आकस्मिक योजना अनिवार्य बनाइनेछ। पावर हाउसमा कम्तीमा ३० दिन पुग्ने खाद्यान्न तथा अत्यावश्यक सामग्री भण्डारण गर्न न्यूनतम आवश्यकता सूची ९एमआरएल० लागू गर्ने प्रस्ताव पनि गरिएको छ।
त्यस्तै, सुरुङमार्गको सुरक्षा र स्थायित्वका लागि आवश्यकताअनुसार पुनर्संरचना गर्ने विषयमा पनि मन्त्रालयले छलफल अघि बढाएको छ।
मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले आयोजना, भौतिक संरचना र श्रमिकको सुरक्षा बढाउनुका साथै विपद्का बेला तत्काल उद्धार तथा व्यवस्थापन गर्न आयोजनालाई सक्षम बनाउनेछ।