काठमाडौं। मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सिमाना कोत्रेदेखी पोखराको पृथ्वीचोक सेती नदीपुलसम्मको १९ किमी मध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो।
मुग्लिन पोखरा सडक योजनाको पश्चिम खण्ड आयोजना कार्यालयले पोखरा–३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम सुरु गरिएको बताएको छ। यस क्षेत्रमा सुरुआतमा सात सय मिटर जति सडक कालोपत्र हुनेछ । अन्य बेस तयार भएका ठाउँमा समेत क्रमशः काम हुनेछ ।