स्याङ्जा। सिरुवारी तथा पर्वत जिल्ला जोड्ने अर्जुनचौपारी ३ घट्खोलामा मोटरेबल पुल निर्माण गर्न सुरु गरिएको छ। १६ लाख भन्दा बढी लागतमा उक्त मोटरेबल पुल निर्माण सुरु गरिएको हो।
पुल नहुँदा वर्षादको समयमा जोखिम मोल्नुपर्ने तथा थप दुई घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता थियो पुल निर्माण सुरु भएसँगै स्थानीयमा खुशी छाएको छ। साढे १० मिटर लम्बाइ रहेको पुल साँढे पाँच मिटर चौडा हुने आयोजनाले बताएको छ। अगेरे भँगेरे निर्माण सेवा अर्जुनचौपारी ६ ले टेण्डर रकममा २७ प्रतिशत छाडेर एक करोड १६ लाख ५४ हजार ६९ रुपियाँ ४५ पैसामा निर्माण अगाडि बढाएको हो ।
सङ्घीय सरकारको ५० लाख र पालिकाको बाँकी बजेटमा मोटरेबल पुल निर्माण हुनेछ । निर्माण कम्पनीले एक वर्षमा काम सक्नेगरी गत पुस १२ गते सम्झौता गरेको थियो । निर्माण व्यवसायीले एक वर्षको समय रहे पनि छ महिनामा पुल निर्माण सक्ने बताए।