मुस्ताङ। जिल्लाको थासाङ गाउँपालिका–२ मा रहेको म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ। थासाङमा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने उक्त खोलामा झोलुङ्गे पुल निर्माण भएको हो।
४५ लाख ३२ हजारको लागतमा ८३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको पालिकाले जनाएको छ। कोवाङ, खन्ती, नाउरीकोट, ताङछरा, लार्जुङलगायत बस्तीका एक सय ६० घरधुरीका साथै ताल भ्रमणमा आउने पर्यटक पुलबाट लाभान्वित भएका छन् । सेकुङ र भुतर्छो तालको बीचमा म्हरक्पुं खोलाले कटान गरेर बनाएको खोँचमाथि झोलुङ्गे पुल निर्माण भएको हो ।
पुल निर्माणका लागि स्वाप कार्यक्रमले ३४ लाख ७५ हजार पाँच सय १५, गाउँपालिकाले पाँच लाख ८९ हजार, टीबीएसयूले ३ लाख ८६ हजार सहयोग र उपभोक्ताले ९० हजार बराबरको श्रमदान गरेको वडा कार्यालयले जनाएको छ ।