काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)मा बनेको हिन्दु मन्दिरको आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएका छन् । सन् २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले नै शिलान्यास गरेर निर्माण भएको मन्दिरको आज उद्घाटन हुन लागेको हो।
उद्घाटनअघि मन्दिरमा विभिन्न अनुष्ठान गरिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मन्दिर बनाउन युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले जग्गा लीजमा दिएका हुन् ।
मन्दिर निर्माण संस्था बीएपीएसले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट भिडियो सेयर गरेको छ । जुन भिडियोमा मन्दिरको निर्माण कसरी भयो भनेर देखाउने प्रयास गरिएको छ । मन्दिर निर्माण गर्ने बीएपीएस स्वामी नारायण संस्थाले हिन्दु मन्दिरको निर्माण निकै तीव्र गतिमा भएको बताएको छ ।
अरब इमिरेट्समा करिब ७०० करोड लागतमा गुलाबी बालुवा र सेतो संगमरमरले हिन्दु मन्दिर निर्माण गरिएको हो ।