पोखरा। आगामि शनिवार अर्थात फागुन ५ गते पोखराका केहि रुटहरुमा अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चलले आयोजना गर्ने १८ औं सस्करणको पोखरा अन्तराष्ट्रिय म्यारथनको रुटहरुमा बिहान ७ बजेबाट ९ बजे सम्म सवारी साधन निषेध गरिएको नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
यसै बिच १८ औं संस्करणको म्याराथनको तयारी पूरा भएको मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलिले बताए। १८ औं संस्करणको प्रतियोगितामा नेपालसँगै केन्या, चीन, भारत, बेलायत, जर्मनीलगायत १४ देशका म्याराथनमा सहभागी हुनेछन् । प्रतियोगितामा रन फर रनसहित ८ इभेन्टमा प्रतिस्पर्धा हुने भएको हो । त्यसमध्ये ह्विलिचयर र दृष्टिविहीन दौड भइसकेका छन् । रन फर रनमा करिब १० हजार संख्यामा धावकहरु सहभागी हुने निर्बतमान अध्यक्ष तेजबहादुर गुरुङले उल्लेख गरे । पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशी भएको म्याराथन समेत हो ।
१८ औं संस्करणमा विभिन्न इभेन्टका ४१ जना विजेतालाई कूल १८ लाख १६ हजार रुपैयाँ पुरस्कार वितरण गरिने निवर्तमान अध्यक्ष गुरुङले खुलाए ।प्रतियोगिता बिहान ७ पोखरा रङगशालाबाट शुरु भएर पोखराका बिभिन्न ठाउँहरु परिक्रमा गरि हल्लनचोकको क्याम्पिङ ग्राउण्डमा पुगेर समापन हुनेछ।