दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्।
सोमबार बिहान बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।
मृतकको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल जीप खसेको थियो। घाइतेको उपचार विभिन्न अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।