काठमाडौं। फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख २० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता ३१५ रूपैयाँ मूल्य तोकिएको यी शेयर खरीदका लागि आवेदन भने केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा पेश गर्नुपर्नेछ ।