काठमाण्डौंमा एमएडब्लुले चांगनको सुविधा सम्पन्न शोरुम बनाउने भएको छ। नेपालको अधिकृत बिक्रेता चांगनको एमएडब्लु वृद्धि अटोकर्प हो। कम्पनीका अनुसार तीन रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त शोरुममा ग्राहकले नयाँ अनुभव पाउने छन्।
यामाहा र चांगनको शोरुम नक्सालको प्रहरी मुख्यालय अगाडी हुनेछ। कम्पनीद्वारा जारी विज्ञप्तिका अनुसार पहिला यो ठाउँमा कोरियन गाडी स्याङ्योङको शोरुम थियो। शोरुम अत्याधुनिक रुपमा बनाइने छ भने यसले ग्राहकको अनुभवमा पनि नयाँ परिभाषा दिनेछ।
चीनमा सन् २०२१ मा चांगन सबैभन्दा बढी प्यासेन्जर भेहिकल बिक्री गर्ने कम्पनी हो, भने २०२० मा ६० मुलुकमा यो ब्राण्डका गाडी २० लाख भन्दा वढी भएका थिए। यसले छिटै युनी-भी भन्ने नयाँ मोडल पनि ल्याउँदैछ।
उक्त मोडल नेपालमा पनि छिट्टै ल्याउने तयारी भइरहेको छ। चांगनको कारखानाले चीनमा बिक्री र त्यहाँबाट निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरु तयार गर्छ।