सर्लाही। बरहथवामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बरहथवा नगरपालिका–१५, प्रिपाभित्तास्थित बागमती नदीको नहरमा बुधबार ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टर धनीसमेत रहेका चालक रौतहटको गढीमाई नगरपालिका–९ का ५५ वर्षीय जयलाल सहनी र ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीकाअनुसार घाइते भएका छ जनामध्ये दुईको अवस्था गम्भीर छ ।
रौतहटबाट सर्लाहीको हजरियातर्फ आएको ट्र्याक्टर अनियन्त्रित भई बागमती नदीको नहरमा खसेको थियो।