बैतडी। बैतडीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका १ धावला बस्ने ५० वर्षीय गोपाल बोहरा रहेको बैतडीका प्रहरीले जानकारी दिए।
डिलाशैनीकै धनपति धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीबार दिउँसो सु.प.प्र.०१०००१च ३१४६ जिप घारडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। बोहराको घटनास्थलमै मृत्यु भएको हो।
मलामी गएका अन्य ५ जना घाइते भएका छन्। घाइते हुनेमा डिलासैनी १ का रतन धामी, मन्धिर धामी, सुरेन्द्र बोहरा, अमर धामी र लोकेन्द्र धामी रहेका छन्। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। १३ मलामी चढेको जिप सडकमै पल्टिएको थियो।