मनाङ। मनाङमा हिजो एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका ६ का अन्दाजी ३७ वर्षीय वीरबहादुर घले रहेका छन्।
ङिस्याङ गाउँपालिका ४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो।
घर मर्मत गर्ने नौ जना कामदारमध्ये आठ जनाको सकुशल उद्धार गरिएको छ। उनीहरुमध्ये एक जना सामान्य चोट लागेको बताइएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको सो घर हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो।
माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो।