काठमाडाैं । सरकारले मिटरब्याजी पीडितको माग सम्बोधन नगरेसम्म सडक आन्दोलन नरोक्ने बताएका छन् । आइतबार काठमाडौंमा प्रदर्शनका क्रममा पीडितहरुले सरकारको गोली खानपरे पनि आफूहरु तयार रहेको भन्दै माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका हुन् ।
उनीहरुले सरकारले साहुजीहरुको तमसुक खारेज र बैंकका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने जिकिर गरे । पीडितहरुले एक लाख ऋण लिँदा मिटरब्याजीले चार गुणा बढाएर तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेर घरजग्गा रोक्दा गरेको गुनासो गरे । पीडितहरुले साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिँदा अझ बढी मर्कामा परेको पनि बताए ।
उनीहरुले लघुवित्तले पनि दुई लाख ऋण लिँदा ३ वर्षमा बढेर ८ लाख भएको भन्दै ऋण तिर्न टर्चर दिएको गुनासो गरे । रौतहटबाट २३ दिन पैदल यात्रा गरेर काठमाडौं आएका सकिम रहिम रायहीमले सरकारले न्याय नदिएसम्म घर नफर्किने योजना रहेको सुनाए । उनले घर फर्कदा साहुले घरजग्गा रोक्का गरिदिएर सडकको बास रहेको बताए । रहिमले सरकारले तत्काल मिटरब्याजी साहुको १ लाख ऋण लिएको तमसुकमा ४ लाख तमसुक खारेज गर्ने माग रहेको बताए । उनले एक लाख लिएको मिटरब्याजीले चार गुणासम्म बढाएको बताए । उनले सरकारले पीडितको माग सम्बोधन गर्ने विश्वास रहेको भन्दै न्याय पाउने आशाले काठमाडौं आएको बताए । उनले पीडितहरु न्याय नपाए मर्न पनि तयार रहेको बताए ।