काठमाडौं। बाराको निजगढमा सोमबार दिउँसो ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। अरू ४ जना घाइते भएका छन्।
निजगढ बजारमा वेल्डिङ वर्कसपमा राखिएको सिलिण्डर विस्फोट भएको हो। सिलिण्डर पड्किँदा वर्कसप संचालक ४५ वर्षीय रेशम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई निजगढ सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा रिफर गरिएको अस्पतालले जनाएको छ।