सोलुखुम्बु। लिखुपिके गाउँपालिकाले सडक क्षेत्रको विरुवा हटाउन निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै रुख हटाउन निर्देशन दिएको हो ।
सूचनाका अनुसार पालिकाभित्रका सबै वडामा विद्युत लाइन विस्तार कार्य भइरहेको हुँदा सो केन्द्रीय लाइन विस्तार गर्ने क्रममा मेन लाइन विस्तार भए ठाउँ वरपरको रुख हटाउन निर्देशन दिएको हो ।
यस क्षेत्रमा जग्गा पर्ने स्थानीय बासिन्दाले रुख हटाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ । रुख हटाई केन्द्रीय लाइन विस्तार गर्न गाउँपालिकाले अनुरोध गरेको जनाइएको छ ।