काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६४ पैसा र बिक्री दर १४४ रुपैयाँ २९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८९ पैसा र बिक्री दर १६८ रुपैयाँ ६५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
