काठमाडौं। अपर हेवाखोला हाइड्रोपावर कम्पनीले बाह्रौं वार्षिक साधारण सभा चैत्र १६ गते गर्ने भएको छ । सभा युनियन हाउस, अनामनगरमा दिउँसो ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षण विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेस हुने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष (आव) २०७९।०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरी त्यसलाई पारित गरिनेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९।०८० को वासलात, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पनि सभाले स्वीकृत गर्ने बताइएको छ ।