म्याग्दी। करेन्ट लागेर मंगलेराहुघाट जलविद्युतमा कार्यरत एक मजदुरको मृत्यु भएको छ। रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित तुँदी हाइड्रोपावर कम्पनी प्रर्वद्धक रहेको मंगलेराहुघाट जलविद्युत आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोककुमार झाका अनुसार आयोजनाअन्तर्गत रामेछाप कन्स्ट्रक्सन कम्पनीमा कार्यरत बागचौर नगरपालिका, ८ सल्यानका ३२ वर्षीय कमल योगीको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । उनलाई उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
सहकर्मी योगीलाई करेन्ट लागेपछि तान्न पुगेका लिखातामा गाउँपालिका, ६ रामेछापका ४६ वर्षीय प्रविण थापा पनि घाईते भएको र थापाको हाल बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ ।