जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले पुँजीगत खर्च बढाउन नसक्दा विकास हुन नसकेको आरोप लगाएका छन्। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँय कुरा गर्दै महासचिव पोखरेलले सरकारले पुँजीगत खर्च बढाउन नसक्नु चिन्ताको विषय भएको बताए हुन्।
उनले पुँजीगत खर्च बढ्न नसक्दा आवश्यक विकास हुन नसकेको बताएका छन्।
सुशासनलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, “अब राष्ट्रियसभाको अध्यक्षको निर्वाचन आउँदैछ । यस विषयमा एमालेको कुनै चासो छैन । हामी बेथितीविरूद्ध खबरदारी गरिरहन्छौँ ।”