प्योङयाङ। उत्तर कोरियाले सीमा क्षेत्रमा निगरानी गर्न सोलार प्यानल जडान गर्न सुरु गरेको छ। चीनसँग जोडिएका सीमा क्षेत्रमा रात्रीकालिन समयमा सुरक्षा निगरानी बढाउन उत्तर कोरियाले गत महिनादेखि सोलार प्यानल जडान गरेको हो।
सेनाले सोलार प्यानल जडान गर्नमा त्यहाँको सरकार र स्थानीयलाई सघाइरहेको छ। गत महिनादेखि सुरु गरिएको सोलार प्यानल जडान परियोजना सन् २०२२ फेब्रुअरीभित्र सम्पन्न गर्ने जनाइएको छ।
उत्तर कोरियाले देशभित्र बनेका सोलार प्यानल जडान गरेको बताएको छ। सोलार प्यानलबाट उत्पादित बिजुली अन्य प्रसारण लाइनमा पठाएर विद्युत आपूर्ति गरिने र निगरानीका लागि प्रयोग गरिने छ।
पछिल्लो समय उत्तर कोरियाले विशेषगरी राजधानी बाहिरका क्षेत्रहरुले विद्युत् अभावको समेत सामना पनि गरिरहेको बताएको छ। जाडो मौसममा विद्युत् क्षमता कम हुने हुँदा सोलार प्यानलमा लगानी गर्न सक्ने त्यहाँका जनताले भने विद्युत् उपभोग गर्न पाउँछन्।