चितवन। चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिबसको ठक्करबाट ट्याक्सीमा सवार चालकसहित पाँच जना घाइते भएका छन् ।
शनिवार राति ९ः४० बजेको समयमा भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बा प्र ०३–००१ ख २३१४ नम्बरको बस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ज ७०२९ नम्बरको ट्याक्सी एक आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइराखेको प्रहरीले जानकारी दिएको छ । बस, ट्याक्सी र ट्याक्सी चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ। बस चालक फरार भएकोले सवारी साधनको मालिक मार्फत सम्पर्क गर्ने प्रयास भईरहेको छ।