सुनसरी। इटहरीमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–६ स्थित वीपी चोकमा शनिबार राति ११ः४५ बजे आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा ५२ वर्षीया गीतामाया कटवाल रहेकी छन् कटवालको जलेर घटनास्थलमै मृत्यु भएको हो।
आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।