काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयभित्र सञ्चालनमा रहेको नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। महानगरपालिकाको अनुसार अनुगमन गर्दा पकौडा बासी पाइएको, बासी खानासमेत खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको हो
पहिलेदेखि नै सेवाग्राहीबाट गुनासा आइरहेको र शुक्रबार पनि कम्प्लेन आएको कारण अनुगमन गर्दा बास्तवमै खानै नसकिने खालको खाद्यबस्तु फेला पारिएको हुँदा कारबाही गरिएको निरीक्षण अधिकृत एवंम् कृषि तथा पशुपन्छी विभागका प्रमुख डा। अवधेश झाले जानकारी दिए। उनका अनुसार यसअघि पनि उनलाई सचेत गराइ सकिएको थियो ।
अनुगमनपछि जरिवानासँगै खाना बनाउन प्रयोग गरिने तेल बढीमा चार पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, पैसाअनुसारको खानाको मात्रा हुनुपर्ने, बासी खानेकुरा नखुवाउनसमेत निर्देशन दिइएको छ ।
