सोलुखुम्बु। सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ। गाउँपालिकाले माटो समस्या पहिचान गर्नको लागि शिविर सञ्चालनमा ल्याएको हो।
पालिकाले बिहिबारदेखि शिविर सञ्चालनमा ल्याएको हो । वडा नम्बर ३ मा सञ्चालित शिविरमा १० वटा नमुना परिक्षण गरिएको गाउँपालिकाको कृषि शाखाकी प्रमुख बन्दना भट्टराईले जानकारी दिएकी छन्।
बिहिबार गरिएको माटो परिक्षणमा कुनै समस्या देखा नपरेको बताइएको छ। गाउँपालिकाको अन्य वडामा पनि शिविर सञ्चालन गरिने छ।