मोरङ। धनपालथान गाउँपालिकामा ५० प्रतिशत अनुदानमा विद्युतीय मोटर वितरण गरिएको छ। गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी ५० प्रतिशत अनुदानमा १०८ जना कृषक तथा सहकारीलाई मोटर वितरण गरेको हो ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप मोटर वितरण गरेको पालिकाले जनाएको छ। मोटर वितरणका लागि गाउँपालिकाले १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सो मोटर स्थानीय बासिन्दाले सिँचाईमा प्रयोृग गर्न सक्नेछन् ।
मोटर वितरण गर्नको लागि गाउँपालिकाले सूचना जारी गरेको र सो सूचनाका आधारमा आवेदन दिनेलाई पालिकाले छनोट गरेर मोटर वितरण गरेको हो।